प्यालेस्टिनी विद्रोही समूह हमासले आज थप आठ जना बन्दी रिहा गर्दैछ । हमासले युद्धविराम सम्झौताअन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाई बन्दीलाई रिहा गर्न लागेको इजरायलले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।हमासले रिहाइ गर्न लागेको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रहेका छन् । रिहा गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।यो पछिल्लो गाजा युद्धविराम सम्झौताको तेस्रो चरणको बन्धक रिहाइ हुन लागेको हो । सम्झौताअनुसार इजरायली बन्धकहरूको रिहाइको बदलामा इ
पुरै पढ्नुहोस्
टोकियो,१६ माघ । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।जापानमा आत्महत्या गर्ने २० वर्
पुरै पढ्नुहोस्
जुबा । दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन् ।राजधानी जुबाका लागि उडेको विमान स्थानीय समयअनुसार करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो ।‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जनामात्र बाँचेका छन्’, गतवेच विपालले भने ।ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नि
पुरै पढ्नुहोस्
सप्तरी - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपाल नगर समितद्वारा इनरुवामा बुधबार आयोजित एक समारोहका वीच माओवादी केन्द्रका प्रभावशाली नेता राहुल मण्डलको नेतृत्वमा सयौंको संख्यामा नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका हुन् । जसपा नेपाल हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्ष कृष्ण कुमार यादव (कृष)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले टिका, माला र गम्छा ओढाएर मण्डलसहितका नवप्रवेशी नेताकार्यकर्ता स
पुरै पढ्नुहोस्
दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।विमानका १६९ यात्रु, ६ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।राष्ट्रिय अग्नि नि
पुरै पढ्नुहोस्
काठमाडौं । विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भमा भागदौड हुँदा कयौँको ज्यान गएको आशङ्का गरिएको छ ।अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार बुधवार भागदौड भएको हो प्रयागराज सहरको आगन्तुक छेक्ने बार भत्केपछि भागदौड भएको थियो ।भारत सरकारले मृतकको सङ्ख्या सार्वजनिक गरेको छैन । तर स्थानीयले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका छन् ।
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक जना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।सिराहाको मिर्चैया नगरपालिका -११ सितापुर घर भएका ३५ वर्षीय रामकुमार महराको मृत्यु भएको हो । कतार स्थित बि आर के ट्रेडिङ एण्ड ट्रान्सपोर्टेसन कम्पनीमा गत जनवरी १४ तारीखका दिन काम गरीरहेकै बेला दुर्घटना परी उपचारको क्रममा उनको मृत्यु भएको कम्पनीले बताएको छ।रविदास समाज सेवा कतारका प्रमुख सल्लाहकार दिपेन्द्र कुमार महरा ,सिरहा सेवा समाज कतारका अध्यक्ष अध्यक्ष जयप्रकाश यादव लगायत विभिन्न समाजिक व्यक्तित्वहरुको संयुक्त सहयोग र नेपाल
पुरै पढ्नुहोस्
सिड्नी - अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू)मा रहेको नेपाली वाणिज्य दूतावासको कार्यालयको उद्घाटन गरिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले कार्यालयको उद्घाटन गरेकी हुन् ।त्यस क्रममा राजदूत यादवले आफू तन, मन र वचनले नेपाल र नेपालीको सेवामा लागिपर्ने बताइन् । उनले स्थानीय नेपाली समुदायसँगको सहकार्यमा अस्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि निरन्तर सक्रिय हुने बताइन् ।“नेपाली समुदायसँगको सहकार्य, समन्वय र कूटनीतिक प्रयासले अस्ट्रेलियामा नेपाली पहिचानलाई थप बलियो बनाउने मेरो
पुरै पढ्नुहोस्
मलेसिया - मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेतृ प्रसाद तिम्सिनाले आफ्नो ओहोदाको प्रमाणपत्र मलेसियाका राजा सुल्तान इब्राहिमलाई बुझाएका छन् ।राजदूत तिम्सिनालाई राजाका प्रेस्टिज गार्डले राजधानी क्वालालम्पुरमा रहेको राष्ट्रपति भवनमा सलामी दिएका थिए ।सुल्तानसँगको भेटमा राजदूत तिम्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सम्प्रेषण गरेका थिए ।नेपाली राजदूतावास क्वालालम्पुरको जानकारी अनुसार आजको ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतहरू छ जना थिए ।कार्यक्रममा मलेसियाका विदेशमन्त्री पनि सहभागी भएका थिए ।
पुरै पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने जनाइएको छ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित