बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारको बलदिया ५२ क्याम्पका नेपालीद्वारा बाढीपीडितलाई ११ लाख भन्दा बढी सहयोग

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ २५, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारको बलदिया ५२ क्याम्पका नेपालीद्वारा बाढीपीडितलाई ११ लाख भन्दा बढी सहयोग
Rampam
3D Education Lahan

आशिक हुसैन शेख 

दोहा, कतार । नेपालमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि कतारमा कार्यरत नेपालीहरूले २७ हजार कतारी रियाल सहयोग गरेका छन।

कतारको बलदिया ५२ क्याम्पमा बसोबास तथा कार्यरत नेपालीहरूले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरी नेपाल सरकारको राहत कोषमा पठाएका हुन्।

मोहम्मद जमालुद्दिन खान र सरोज यादवको पहल तथा समन्वयमा संकलन गरिएको २७ हजार कतारी रियाल नेपाली रुपैयाँ ११ लाख १३ हजार ३ सय २७ बराबर रहेको जनाइएको छ।

रसुवामा बाढीका कारण विभिन्न परिवार प्रभावित भएपछि उनीहरूको राहतमा सहयोग पुर्‍याउने उद्देश्यले बालदिया ५२ क्याम्पमा रहेका नेपालीहरूबीच सहयोग संकलन गरिएको थियो। रोजगारीका सिलसिलामा कतारमा रहे पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यले नेपालीहरू एकजुट भएको बताएका छन्।

रकम संकलन तथा अभियानलाई सफल बनाउन बिमल तिम्सिना, दुर्गा, कौनेन मन्सुर, नाजम खान, दिनेश यादव, विजय यादव, अलाउद्दिन खान, रमेश यादव र युवराज भारती लगायतले साथ, सहयोग तथा समन्वय गरेका थिए।

उल्लेखित व्यक्तिहरू व्यक्तिगत रूपमा सहयोग गर्ने व्यक्तिको सूची नभई बालदिया ५२ क्याम्पका नेपालीहरूबाट रकम संकलन गर्ने अभियानमा साथ दिने तथा सहजीकरण गर्ने व्यक्तिहरू रहेको आयोजकहरूले स्पष्ट पारेका छन्।

संकलित सम्पूर्ण २७ हजार कतारी रियाल नेपाल सरकारको राहत कोषमा पठाइएको बताइएको छ। उक्त रकम बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगमा उपयोग हुने विश्वास गरिएको छ।

विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने नेपालीहरूको यस पहलले आपसी एकता, भाइचारा र मानवीय सहयोगको भावना प्रस्तुत गरेको छ।

अभियानमा साथ दिने तथा सहयोग गर्ने बालदिया ५२ क्याम्पका सम्पूर्ण नेपाली दाजुभाइहरूप्रति मोहम्मद जमालुद्दिन खान र सरोज यादवले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

IMG-20260910-WA0006


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]