खुर्सद हजाम नवलपरासी - पश्चिम नवलपरासीका रामनगर र गुठी प्रसौनि नाकाहरू व्यापकरुपले लहसुनको तस्करी हुदै गरेको छ ।अहिले तस्करहरूको लागि स्वर्णभूमि बनेका छन् । दिनहुँ कुनै न कुनै नाकाहरूबाट तस्करी भैरहेको छ ।गुठी प्रसौनि, बसहिया, हरपुरा, सुस्ताको रामनगर ,बनकटी हुदै भुजहवालगायतका सम्पूर्ण नाकाहरुबाट अहिले व्यापक तस्करी बढेको छ । लहसुन तस्करीदेखि तोरि तथा कपडाको तस्करी भइरहेको छ । प्रहरी चौकीका इन्चार्ज तथा सशस्त्र प्रहरीहरुको मिलोमतोमा अहिले विहान, दिउँसो, बेलुका तथा रातिको समयमा पनि तस्करी हुने गरेको छ ।सशस्त्र बिओपी कार
पुरै पढ्नुहोस्
दोहा : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन आगामी शुक्रबार हुने भएको छ । समृद्धि सम्भब छ हाम्रै पालामा´ भन्ने मुल नाराका साथ सन: २०१६ मा स्थापित समाजको चौथो अधिबेशन १० जनवरी २०२५ का दिन प्लाजा मल स्थित, वेलफेवेर रेस्टुरेंटको सभाहलमा मध्याह्न १२ बजे देखी हुन गहिरहेको अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहिले जानकारी गराए । कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक,जातीय, जिल्ला, प्रदेश लगायत सम्पूर्ण संघ सस्थाहरु , समाजसेवी , पत्रकार ,कलाकार लगायत सम्पुर्ण नेपाली जनमा उपस्थिति जनाएर सफल पारीदिनु हुन आयोजक स
पुरै पढ्नुहोस्
तिलु शर्मा पौडेल दोहा, कतार : थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय पर्व माघीलाई कतारमा रहेका थारुहरूले भव्य रूपमा मनाउने भएका छन् । कतारमा रहेका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा यही आउँदो शुक्रबार कतारको अबुहमरमा रहेको आइडल इन्डियन स्कुलको प्रांगणमा 'माघी पर्व तथा थारु संवत् २६४८' भव्यरूपमा मनाउने भएका हुन् ।बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा कतारमा रहेका थारु समुदाय तथा नेपालीहरुसग माघीसहितको नयाँ वर्ष मनाउन नेपालबाट भर्षटायल गायिका अनु चौधरी, गायक सुनिल चौधरी र नृत्यांगना प्रभा चौधरी
पुरै पढ्नुहोस्
उमेश कुमार साह बोदे बर्साईन : सप्तरीमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको छ । बोदे बर्साईन नगरपालिकामा आइतबार राती घरमा चोरी भएको हो । बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ फुलहरामा लाखौं मुल्य बराबरको विभिन्न सामाग्री घरबाट चोरी भएको स्थानीयले बताएका छन् । वडा नम्बर ७ स्थित फुलहरा टोलका ओम प्रकाश यादवको घरमा चोरी भएका छन् । मध्येरातको समयमा आएको चोरहरुको समुहले ओम प्रकाश यादवको घरबाट लगभग ८ लाख मुल्य बराबरको सामाग्री जस्तै सुनको गहना, १०० किलोग्राम बराबरको चाँदीको गहनालगायत सरसामान गरी ८ लाख बराबरको चोरी भएको पीडितल
पुरै पढ्नुहोस्
काठमाडौं - मंगलबार गएको भूकम्पका कारण थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दुधकोशी– ७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।खुम्बु पासाङल्हामु गाउँपालिका– ५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।भूकम्पका कारण जिल्ला
पुरै पढ्नुहोस्
काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३६ जनाको मृत्यु भएको छ ।३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।
पुरै पढ्नुहोस्
सन्तोष केसीदोहा : "नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आउँदो शुक्रबार ३०३ औं पृथ्वी जयन्ती कतारमा पनि मनाइने भएको छ । प्रवासी नेपाली एकता समाज (पानस) कतारको आयोजनामा ३०३ औं पृथ्वी जयन्ती आउँदो शुक्रबार १० जनवरी २०२५ का दिन "प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा" भब्यताका साथ मनाउन लागीरहेको पानसका अध्यक्ष तिलक श्रेष्ठले जानकारी गराए । वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए । उनले त्
पुरै पढ्नुहोस्
सप्तरी - बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्। डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले तीन वर्ष पुरानो घटनामा वडाध्य
पुरै पढ्नुहोस्
काठमाडौं - गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौं सहितका सात जिल्लाका सिडिओ फेरिएका छन्। काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै, धर्मेन्द्र मिश्रलाई सुनसरी, गोगनबहादुर हमालको कैलाली, तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादव मोरङ, गोपालकुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ। काठमाडौंका सिडिओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ। उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनेर सर्वाेच्च अदालतले हालै एक फैसलामा बोलेपछि उनी विवादमा
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन।कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन् ।उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए।उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन् । अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित