Showing 1,111-1,120 of 1,187 items.
  • पूर्व गृहमन्त्री लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु

    रुपन्देही । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुटेका लामिछानेको आज (बिहीबार) थुनछेक बहस हुँदै छ ।रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दाको बहस हुँदै छ । रुपन्देही जिल्ला न्यायधिबक्ता प्रेम पौडेल, सह-न्यायधिबक्ता गोकर्ण घिमिरे  बसन्त पोख्रेलले बहस गर्ने र महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत तुलसीपुर, बुटवलबाट वकिल खटाएको अवस्थामा त्यहाँबाट पनि वकिल बहस गर्ने बुझिएको छ । त्यसैगरी रबि

    पुरै पढ्नुहोस्
  • रविको बयान सकियो, थुनछेक बहस आज नहुने

    बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा बयान भएको हो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालत

    पुरै पढ्नुहोस्
  • हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

    विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ ।बाक्लो हुस्सु कारण विराटनगर विमानस्थलबाट आज (बुधबार) उडान अवतरण प्रभावित बनेको हो ।प्रतिकूल मौसमका कारण बुधबार बिहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार बुधाबर बिहानदेखि लागेको हुस्सुका कारण भिजिविलिटि कम भएकोले विमान उडान अवतरण नभएको हो। मंगलबार ६ वटा उडान भएको विराटनगर विमानस्थलले जनाएको छ।आज कुनै पनि उडानहरु भएका छैनन्। बाक्लो कुहिरो लाग्ने गरेकाले भिजिविलिटी कमजोर रहेको जनाइएको छ ।बिम

    पुरै पढ्नुहोस्
  • काठमाडौं महानगरले कबाड व्यवसायीमाथि गरेको दमन रोक्न जसपा नेपालको माग

    काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कबाड व्यवसायीमाथिको दमन रोक्न माग गरेको छ।बुधबार पार्टीका प्रवक्ता मनीषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकामा कबाड व्यवसायीमाथि  कुटपिट र दमन भएको भन्दै यस्तो कार्य यथाशीघ्र बन्द गर्न माग गरेको हो।नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    पुरै पढ्नुहोस्
  • सबैभन्दा बढी धनुषाबाट वैदेशिक रोजगारीमा

    जनकपुरधाम - मधेश प्रदेशबाट २ दशकमा वैदेशिक रोजगारीका लागि १५ लाख बढी युवा–युवती विदेश गएका छन् । मधेश प्रदेशबाट आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्ममा १५ लाख ७ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।चालू आर्थिक वर्षको ५ महिनामा पर्साबाट २ हजार ८५२, बाराबाट ५ हजार ६४७, रौतहटबाट ५ हजार ३८६, सर्लाहीबाट ८ हजार ८११, महोत्तरीबाट १२ हजार १२८, धनुषाबाट १७ हजार ३७३, सिरहाबाट १३ हजार ४५३ र सप्तरीबाट ७ हजार ७८६ सहित जम्मा ७३ हजार ४३६ जना वैदेशिक रोजगारीमा गएका छन् ।५ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी धनुषाबाट युवा–युवतीहरू

    पुरै पढ्नुहोस्
  • सप्तरीका पत्रकार वैद्यनाथ यादव पक्राउ

    राजविराज– सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई बु्धबार विहानै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी आरोपमा उजुरी परेपछि अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताए पनि जनमत पार्टीका अध्यक्ष सीके राउतको षडयन्त्र र दबाबमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भईरहेको छ।सीके राउत पत्नि सोनी सिन्धु रानीले ६ दिन अघि नै पत्रकार यादव लगायत कतिपय उनका सहयोगी पक्राउ पर्न सक्ने संकेत गरेकी छिन्। जनमत पार्टीका प्रदेश सांसद शम्भु साहले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउन दबाब सृजना गरेपछि सोनीले यस्को संकेत गरेकी थिईन।उनले फेसवुक मार्फत पत्रकार यादव र शिव

    पुरै पढ्नुहोस्
  • राजेन्द्र महतोकाे राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता

    काठमाडौं । राजेन्द्र महतोकाे ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएकाे छ । निर्वाचन आयोगले महताे अध्यक्ष रहेकाे साे पार्टीलाई पार्टीलाई  दल दर्ताकाे प्रमाणपत्र  दिएकाे हाे।राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले बताए ।दल दर्ता नं। २०१ कायम भएको उनले बताए । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई

    पुरै पढ्नुहोस्
  • महोत्तरीमा एक युवकको शव फेला, हत्या आशंका

    महोत्तरी - महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित बस्तीछेउमा एक युवकको शव फेला परेको छ।  स्थानीय पूर्वगाविस अध्यक्ष गोखुल यादवको २८–२९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेकाे पहिचान खुलेको हो । प्रहरीले घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गर्दै घटना स्थलमा डग टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एसपी नकुल पोखरेलको कमान्डमा टोली घटनास्थल पुगेको हाे । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तथापि, एसपी पोखरेलले पोस्टमार्टम रि

    पुरै पढ्नुहोस्
  • आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं- अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो । उक्त म्याद सोमबार सकिएपछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ।यही माघ २ गते तामाङलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो। उनीविरुद्ध पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्री ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने

    विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन कार्यक्रम माघ १२ गते हुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे प्रदर्शनी स्थलमा समुद्घाटन हुने कार्यक्रम पूर्व निर्धारित मिति माघ ११ बाट सारिएको हो।'ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्ट' थिम राखिएको यस वर्षको आठौँ संस्करणको एक्स्पो माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना हुनेछ । एक्स्पोलाई पूर्ण डिजिटल र अन्तर्राष्ट्रिय स्तरको बनाउन केही प्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन एक दिन पछि सारिएको संगठनले जनाएको

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित