रामएकवाल राम

दोहा - सिराहा सेवा समाज कतारले आगलागीबाट पीडित परिवारहरुलाई खाद्यान्न समाग्री सहयोग गरेका छन।
जिल्लाको सुखीपुर नगरपालिका–१० लालसेयामा आगलागीबाट प्रभावित भएका गुलाम सदा, राजाराम सदा र श्रीराम सदा सहितको ३ घर परिवारलाई खाद्यान्न समाग्री सहयोग गरेका हो।
शनिबार जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, सुखीपुर नगरपालिका - १० का वडा अध्यक्ष देव नारायण यादव,पत्रकार शियाराम यादव बुद्धिजीवी समाजसेवी तथा स्थानीयहरु रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको थियो।
केहि दिन अगाडी ती बस्तीमा आगलागी हुँदा उनिहरुको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो। संस्थाले राहत सामग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, लसुन, साबुन, सोयाबिन, भुजा, खाने तेल, लगाउने तेल लगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न खाद्यान्न तथा घरायसी सामग्री वितरण गरेको संस्थाका अध्यक्ष जयप्रकाश यादवले जानकारी गराए।