बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

बाढीमा ज्यान गुमाएकाप्रति कतारमा श्रद्धाञ्जली

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १९, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
बाढीमा ज्यान गुमाएकाप्रति कतारमा श्रद्धाञ्जली
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा, कतार : नेपालमा हालै आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको प्रती कतारमा एक कार्यक्रम गरि श्रद्धाञ्जली अर्पण गरेका छन।
शुक्रबार प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारले गत भदौ १० गते नेपालमा विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरि श्रद्धाञ्जली सभा सप्पन्न गरेका छन । परदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रवासी नेपालीहरूले दिवंगतप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका छन।
कतारको सनैयास्थित सिलौटा रेस्टुरेन्टको सभाहलमा मञ्चका अध्यक्ष अफसर अलि खानको सभापतित्वमा तथा मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, निवर्तमान अध्यक्ष चुडामणि कार्की, पूर्व अध्यक्ष प्रभात त्रिपाठी, तथा मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव एवम् संगठन विभाग प्रमुख चानक पोख्रेललगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ज्ञात–अज्ञात शहीद तथा प्राकृतिक विपद्‍मा परी ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।
कार्यक्रमका सभापति अफसर अलि खानले विपत्तिमा परिवार तथा आफन्त गुमाएका नेपालीहरूसँग प्रवासमा रहेका नेपालीले पनि दुःखमा सँगै उभिएको बताए ।उपचाररतहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ताहरूको सकुशल खोजीको कामना गर्दै उनले राहत तथा उद्धारमा सरकारले थप सक्रियता देखाउनुपर्ने धारणा राखे ।
जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको विपत्तिको क्षतिपूर्तिमा विकसित राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । आफूहरू सरकारमा रहे पनि नरहे पनि जनताको दुःखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै खानले विपत्तिको यस घडीमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]