उमेश कुमार साह 

बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्यवसायीहरु पलायन हुने क्रम बढी रहेको समयमा बोदे बर्साईनमै कपडाहरुको होलसेल तथा खुद्रा कारोवार गर्ने गरी बरसाईन फैसन हाउस  सञ्चालनमा आएको छ ।

बिहारको लौकही बजारमा सञ्चालन गर्दै आएका पुराना व्यवसायी धर्मेन्द्र कुमारले आफनै गार्मेन्ट तथा भियतनाम , चाइना , भारत लगायतका देशहरुका ब्राण्डेड रेडिमेट कपडाहरु विक्री गर्ने गरी होलसेल स्टोर सञ्चालनमा ल्याएका हुन । उक्त कपडा पसलको बोदे बर्साईन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले रिवन काटेर उद्घाटन गरेका हुन ।

बोदे बर्साईनको शत्रुध्न चौक देखि १०० मिटर पुर्व तर्फ  सञ्चालनमा ल्याइएको बरसाईन फैसन हाउसले कपडाको होलसेल तथा खुद्रा कारोवार गर्ने सञ्चालक धर्मेन्द्र कुमारले जानकारी गराए ।