बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
राजनीति

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ३१, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न  माग
Rampam
3D Education Lahan

सिरहा- कञ्चनपुर–कमला सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत पर्ने सिरहाको लहानस्थित मुख्य बजार क्षेत्रको सडक निर्माण ढिलाइ भएपछि स्थानीयबासी आक्रोशित बनेका छन् । तत्काल सडक निर्माणको माग गर्दै उनीहरूले पूर्व–पश्चिम लोकमार्गअन्तर्गतको लहान खण्डमा आज एक घण्टा चक्काजाम गरे । लहान बजार क्षेत्रको सडक दुई महिनादेखि धुलो र हिलोले भरिएको, साँघुरो ग्राभेल सडकले दुर्घटनाको जोखिम बढाएको र व्यापार–व्यवसायमा प्रतिकूल असर परेको स्थानीयको गुनासो छ।निर्माण छिटो सुरु नभए आन्दोलनलाई निरन्तरता दिने स्थानीयले चेतावनी दिएका छन्  । प्रदर्शनको अगुवाइ गर्नुभएका सत्यनारायण यादवले भने , “धुलो, हिलो र असहज यातायातका कारण जनजीवन कष्टकर बनेको छ । व्यापार चौपट छ । दबाब दिन आज साङ्केतिक रूपमा चक्काजाम गरियो, तर अब यसलाई क्रमशः तीव्र बनाउने छौँ ।”

सो सडक आयोजना पश्चिम खण्डका इञ्जिनियर सरोजकुमार कोइरालाका अनुसार लहानमा निर्माण भइरहेका ओभरपास, अन्डरपास र आकासे पुलका पाइल फाउन्डेसनजस्ता मुख्य संरचना निर्माण नगरी अन्य कार्य अघि बढाउन नसकिने भएकाले निर्माणमा ढिलाइ भएको हो । उनले दरबार होटेलदेखि पडरियासम्मको उत्तरतर्फको सर्भिस लेनको सबबेस निर्माण सम्पन्न भए पनि स्थानीयको अवरोध, नाला, खानेपानी पाइप र विद्युत् पोलका कारण नियमित निर्माणमा समस्या भइरहेको बताए । 

स्थानीयले सहजीकरण गरिदिएमा छिट्टै कालोपत्र गर्न सकिने उनले बताए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]