बालासुन्दरी खबर
ताजा अपडेट
जमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा जमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमी

बालासुन्दरी खबर बालासुन्दरी खबर कार्तिक १४, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमी
Rampam
3D Education Lahan

दोहा । कतारमा क्रियाशील नेपाली मुस्लिम समुदायको एक प्रमुख धार्मिक तथा सामाजिक संस्था जमियत उलामा-ए-नेपाल, दोहा-कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ। कतारको दोहास्थित गोरखाली रेस्टुरेन्टमा आयोजित अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
नेपालमा बाढी, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्निर्माणका कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको यस संस्थाले कतारमा रहेका नेपाली समुदायको हित र सामाजिक सेवाका क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
संस्थामा कतारभरिबाट करिब २५० जना साधारण सदस्य आबद्ध रहेको बताइएको छ। संस्थाको विधान तथा वैधानिक व्यवस्थाअनुसार आन्तरिक मूल्याङ्कनका आधारमा २७ जना सदस्यलाई मताधिकार प्रदान गरिएको थियो। ती २७ जना मतदाताको सहभागितामा मतदान प्रक्रियामार्फत मुख्य पदाधिकारीहरूको निर्वाचन सम्पन्न भएको हो।
निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउन मोहम्मद मुक्तदा मुसलमान, करिम बक्स मियाँ र इन्जिनियर इस्माईल पन्त सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।
निर्वाचनबाट अध्यक्ष पदमा मौलाना अब्दुल खालिक कासमी, महासचिव पदमा मौलाना कारी आरिफ र कोषाध्यक्ष पदमा मौलाना मुमताज नदवी निर्वाचित भएका छन्। संस्थाको व्यवस्थाअनुसार निर्वाचित मुख्य पदाधिकारीहरूले कार्यसमितिका अन्य पदहरूमा आवश्यकताअनुसार सदस्यहरू मनोनयन गर्ने व्यवस्था रहेको छ।
अधिवेशनमा सहभागी वक्ताहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नयाँ नेतृत्वको सक्षम र सक्रिय भूमिकामा संस्थाले धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै नेपालमा प्राकृतिक विपद् आइपर्दा मानवीय सहायता, उद्धार तथा सामाजिक सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कुरआन पाठबाट सुरु भएको  कार्यक्रम दुआसहित समापन गरिएको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]