सिरहा, असार २१ — प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति सिरहाले भगवानपुर गाउँपालिकामा समाचार संकलनका क्रममा पत्रकारमाथि अवरोध भएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।समितिले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य पत्रकार मनु यादव निरज र पत्रकार कुलानन्द यादव सार्वजनिक सरोकारसँग सम्बन्धित विषयको समाचार संकलनका क्रममा अवरोध, धक्कामुक्की, क्यामेरा बन्द गर्न दबाब तथा कार्यालय प्रवेशमा रोक लगाइएको आरोप लगाइएको उल्लेख गरिएको छ।विज्ञप्तिअनुसार पत्रकारहरूले गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, उपाध्यक्षका श्
पुरै पढ्नुहोस्
काठमाडौँ १९, असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षणिक राजनीतिक स्वार्थका लागि सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्ति तर्फ धकेलिने चेतावनी दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् 'संविधान संशोधन सम्बन्धी बहस' बारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले राजनीतिक दल र सरकारलाई संविधानको जग नष्ट नगर्न सचेत गराएका हुन । यदि त्यसो गरिए अग्रगामी परिवर्तनका पक्षधरहरूबाट त्यसको सशक्त प्रतिरोध
पुरै पढ्नुहोस्
दोहा । अमेरिका र इरानबिच कतारको दोहामा दुई दिनसम्म चलेको अप्रत्यक्ष वार्ता बुधबार सम्पन्न भएको छ । वार्तामा दीर्घकालीन शान्ति वा इरानको आणविक कार्यक्रमबारे कुनै ठोस प्रगति नभए पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन पुनः सञ्चालन गर्ने तथा इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ ।वार्तासँग परिचित स्रोतहरूका अनुसार यी दुवै विषय दुई साताअघि भएको अन्तरिम सम्झौता अन्तर्गतका प्रमुख मुद्दा हुन् । वार्तामा युद्धविरामसम्बन्धी समझदारी कार्यान्वयनमा सकारात्मक प्रगति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अर्
पुरै पढ्नुहोस्
ओम प्रकाश यादवसप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमा न्यायको अपेक्षासहित पुगेका एक सेवाग्राहीले आफ्नो निवेदन नै दुई-दुई पटक हराइएको आरोप लगाएपछि स्थानीय तहको न्यायिक संयन्त्रको पारदर्शिता, जवाफदेहिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। कञ्चनरुप नगरपालिका–११ का स्थानीय सत्यनारायण मण्डलले आफ्नो जग्गा अतिक्रमणसम्बन्धी दिएको निवेदन न्यायिक समितिबाटै पटक–पटक गायब भएको दाबी गरेका छन्। उनले प्रभावशाली व्यक्तिको दबाब र पहुँचका कारण आफूले न्याय नपाएको आरोपसमेत लगाएका छन्। मण्डलका अनुसार उनले वि.सं. २०४० सालमा ६० हजार रुपैयाँमा खरि
पुरै पढ्नुहोस्
धीरेन्द्र प्रेमार्षी काठमाडौ । सन्दर्भ पुरानो भइसक्यो, तर चर्चा सेलाउन मानेको छैन। नेपाली राजनीतिको चौतारीमा यतिबेला सांसद मनीष झाको नाम उत्कर्षमै गुन्जिरहेको छ। रास्वपाको महामन्त्री पदमा उनको पराजय भयो, तर विडम्बना हेर्नुस् — पराजितको चर्चा जित्नेभन्दा बढी भइरहेको छ। प्रतिस्पर्धी मात्र होइन, विजेताको नाम समेत ओझेलमा परेको छ। यो घटनाले जनमानसमा मनीष झाप्रति रहेको असाधारण आशा र विश्वासको झलक दिन्छ। पराजयपछि उनले देखाएको शालीनता र सहज स्वीकार्यताले उनको राजनीतिक परिपक्वतालाई झनै उज्यालो पारेको छ। तर बजार–चौतारीका केही जमघटमा यसैलाई लिएर 'खुच्
पुरै पढ्नुहोस्
दोहा (कतार) । नेपाली महिला समाज कतारको दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि सुष्मा खतिवडा कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । अधिवेशनले कटुवालको अध्यक्षतामा २५ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मेनुका खतिवडा भण्डारी, द्वितीय उपाध्यक्षमा माया खड्का कुँवर, तृतीय उपाध्यक्षमा लिला राई, महासचिवमा शारदा भुजेल, सचिवहरूमा दीपा सिंह र रविना पुलामी मगर, कोषाध्यक्षमा गीता पुन थापा र सह कोषाध्यक्षमा
पुरै पढ्नुहोस्
आशिक हुसैन शेख दोहा, कतार । "सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना" भन्ने मूल नारासहित बागमती प्रदेश समन्वय परिषद् कतारले २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन को अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम दोहाको सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भव्य, सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रम परिषद्का अध्यक्ष कविन्द्र कँडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा परिषद्का संस्थापक संरक्ष
पुरै पढ्नुहोस्
दोहा , कतार। सिराहा सेवा समाज कतार तथा रामजानकी बजार व्यवसायी संघको सहयोगमा रक्तदान कार्यक्रम सप्पन्न भएको छ। शनिबार जिल्लाको सिराहा नगरपालिका -२२ स्थित हकपारा लौवापोखरीमा संघका अध्यक्ष पवितर यादवको सभापतित्व तथा जिल्ला समन्वय समिति सिराहको सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यता तथा रेडक्रस सोसाइटी शाखा लहानको प्राविधिक सहयोगमा ४६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक शिव कुमार महतोले जानकारी दिए। “रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको रहेको थियो।
पुरै पढ्नुहोस्
ओम प्रकाश यादव लहान, ५ असार। सिरहाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि उनकै जेठाजुले निर्घात कुटपिट गरेको आरोप लागेको छ। उक्त घटनामा महिला र उनका दुई नाबालक छोरासमेत घाइते भएका छन्। घाइतेहरू विगत पाँच दिनदेखि लहानस्थित एक निजी अस्पतालमा उपचाररत छन्।घटनापछि पीडित बबिता देवी यादवले अस्पतालको शैय्याबाटै पत्रकार सम्मेलन गरी आफू र आफ्ना छोरामाथि भएको कुटपिटबारे सार्वजनिक गरेकी हुन्। शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखाउँदै उनले आफूलाई न्याय दिलाउन तथा परिवारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिन्।पीडितका अनुसार उनका श
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा । मधेश युवा संघ कतारले धनुषामा एक अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन।शनिवार जिल्लाको ओैरही गाउँपालिका -२ देउरीका स्व:खगेश पासमानकी श्रीमती र उनका बच्चाहरुलाई पालन पोषण र पढाईमा लेखाईमा सहजताको लागि रु. २४,२००/- आर्थिक सहयोग हस्तान्तरण गरेको हो।स्थानीय समाजसेवी युवा पंकज मण्डलको पहलमा "मधेश युवा संघ" कतारमा आवद्ध समाजसेवी युवाहरूबाट संकलित उक्त रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो।कार्यक्रममा सामाजिक अभियन्ता,शम्भु चोैधरी,सुरेन्द्र महतो,हाम्रा अग्रज बुद्धिजीवी राम चन्द्र सिंह लगायतको स्थानीयहरू उपस्थित
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित