रामएकवाल राम
दोहा । शनिबार हर्मुज जलमार्गमा कतारको एलएनजी (तरल प्राकृतिक ग्यास) बोकेको ट्यांकरमा आक्रमण भएको छ।
ब्लुमबर्गका अनुसार सुरक्षा एजेन्सीहरूले उक्त जहाजलाई ग्यासलग सांघाईको रूपमा पहिचान गरेका थिए। ट्या‌ंकरलाई मिसाइल वा ड्रोनले प्रहार गरिएको हो। यसअघि बेलायतको एक एजेन्सीले ओमानको तटनजिकै ट्यांकरमा आक्रमण भएको र यसको इन्जिन कक्षमा क्षति भएको बताएको थियो। यद्यपि कुनै हताहत भएन।
यसैबिच इरानले शनिबार कुवेतमा ड्रोन प्रहार गरेको र त्यसबाट सरकारी भवन र नागरिक सम्पत्तिमा क्षति भएको कुवेती सेनाले बताएको छ।
आक्रमणपछि यसको हवाई रक्षा प्रणाली तुरुन्तै सक्रिय भएको र देशको क्षेत्रमा प्रवेश गरेका धेरै इरानी ड्रोनलाई खसालेको कुवेती सेनाको भनाइ छ।