बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

स्वास्थ्यमन्त्री घिमिरे द्वारा शिवराज अस्पतालको अनुगमन

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन १२, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
स्वास्थ्यमन्त्री घिमिरे द्वारा शिवराज अस्पतालको अनुगमन
Rampam
3D Education Lahan

प्रिन्स मिश्र कपिलवस्तु !!

 लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमनको क्रममा बहादुरगंज स्थित शिवराज अस्पतालको  अनुगमन गर्नुभएको छ । शिवराज  अस्पतालको अनुगमनको क्रममा अस्पतालको अवस्था र उपचार सेवाका बारेमा स्वास्थ्यमन्त्री थापाले अस्पताल प्रशासन र सेवाग्राहीहरु सँग जानकारी लिनुभएको हो । 

मन्त्री घिमिरेले प्रदेश मातहतका अस्पतालको सेवा सुधारमा प्रदेश सरकार लागेको भन्दै अस्पताल प्रशासनलाई अस्पतालमा रहेका उपकरण, औषधी लगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।  

अनुगमनमा स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठ  , अस्पतालका प्रशासन शाखा, मेडिकल सुप्रीटेंडेंट डॉ हरि पाण्डे लगायत कृष्णनगर नगरपालिकाका मेयर तथा  अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाह लगायतको टोलीको सहभागिता रहेको थियो । सो अवसरमा अस्पतालका  डॉक्टर तथा प्रशासन प्रमुख डा. दुर्गेश लाल चौधरीले अस्पतालको सेवाको अवस्था र समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।  

अनुगमन कै क्रममा सम्बोधन गर्दै  स्वास्थ्य मन्त्री घिमिरेले  सीमावर्ती तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभयो। घिमिरेले शिवराज अस्पताललाई थप सुदृढ, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय तथा अभिभावकीय भूमिका निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै CEONC सेवा सञ्चालन सँगै मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य मंत्रालयकी  सचिव दुर्गा लक्ष्मी श्रेष्ठले  अस्पतालमा स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्न, आवश्यक जनशक्ति व्यवस्थापनलाई सुदृढ बनाउन, सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा संस्थागत क्षमता विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो । सचिव श्रेष्ठले अस्पतालको दीर्घकालीन विकास योजना कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक नीतिगत, प्राविधिक तथा समन्वयात्मक सहयोग निरन्तर उपलब्ध गराइने बताउनु भयो।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले CEONC सेवा सञ्चालनका लागि भएको पाँच वर्षीय सम्झौताले कृष्णनगर नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकका लाई आफ्नै क्षेत्रमा गुणस्तरीय, सुरक्षित र विशेषज्ञ प्रसूति तथा नवजात शिशु स्वास्थ्य सेवा उपलब्ध गराउने  बताउनु भयो । शाहले संघ, प्रदेश, स्थानीय सरकार तथा विकास साझेदार संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै शिवराज अस्पताललाई लुम्बिनी प्रदेशकै नमुना सरकारी अस्पतालका रूपमा विकास गर्ने बताउनु भयो ।

कार्यक्रममा उपस्थित सरोकारवाला हरूले शिवराज अस्पतालले छोटो अवधिमै सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै आगामी दिनमा अस्पताललाई थप सक्षम र प्रभावकारी स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]