बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

पाँचथर सेवा समाज कतारले मनायो २२ औ स्थापना दिवस

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन २, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
पाँचथर सेवा समाज कतारले मनायो २२ औ स्थापना दिवस
Rampam
3D Education Lahan

रामएकवाल राम
दोहा, कतार ।पाँचथर सेवा समाज कतारले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ।
शुक्रबार प्लाजा मल्लमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभापतित्व तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।
विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन्  २००४ मा स्थापना भएको संस्थले २१ औ वसन्त पार गरि २२ औ स्थापना दिवसको अवसरमा विविध संस्कृतिक कार्यक्रम गरि भव्य रुपमा स्थापना दिवस मनाएको हो।

received_927451353068786
कार्यक्रममा भोजपुर सेवा समाज कतारमा आबद्ध चेलीहरूले कोसेली प्रदान गरे भने किरात राई यायोक्खाका तर्फबाट साकेला सहितका नृत्य पेस गरिएको थियो । नृत्य पेस गरेका कलाकारलाई रित बमोजिम खादाले सम्मान गर्दै कोसेली प्रदान गरिएको थियो ।

received_1377783241177801
विधिवत् उद्घाटन गर्दै अगाडि बढेको कार्यक्रममा सोनिसा र सीमाले स्वागत नृत्य पेस गरेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमका बारेमा प्रथम उपाध्यक्ष भवानी प्रसाद ओझाले प्रकाश पारेका थिए ।समाजका सांस्कृतिक संयोजक कमल दर्नालसहित कतारमा रहेका दर्जनौं कलाकारले सांगीतिक प्रस्तुति दिएको थियो।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले कोशी प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूले स्थापना दिवस र अधिवेशन बाहेक नेपालका राष्ट्रिय पर्वहरू प्रदेश मातहत नै मनाउने गरेको बताए । उनले पाँचथरमा महिलाले सफलतापूर्वक नेतृत्व सम्हालिरहेको बताउँदै सभाध्यक्ष राईको प्रशंसा गरे । उनले स्थापना दिवस ऐतिहासिक रूपमा सम्मान गरेकोमा आयोजकलाई बधाई समेत दिए ।

received_1565368984652834
कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्था, वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता, कलाकार साथै मिडियाकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले समाजले २२ औ वसन्त सम्म गरेका कार्यको प्रशंसा गर्दै चेलीले समाजलाई कुशलता पूर्वक नेतृत्व गरिरहेको प्रति प्रशंसा गर्दै आफ्ना धारणा राखेका थिए । स्थापना दिवस कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने कलाकार, सहयोगी तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो।
संस्थाका महासचिव सुजन गुरुङले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापती राईले संस्थापक अध्यक्षसहित तत् समयको समितिप्रति उच्च सम्मान व्यक्त गरिन। राईले कार्यक्रमलाई स्वर्णिम बनाउन हर तवरबाट सहयोग गर्ने सबैप्रति संस्थागत तथा व्यक्तिगत रूपमा आभार व्यक्त गरिन।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]