बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न, सिरहा जिल्ला प्रथम

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ ४, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न, सिरहा जिल्ला प्रथम
Rampam
3D Education Lahan

शियाराम यादव ,माघ -०४

नेपाल कराते महासंघ तथा मधेश खेलकुद परिषद् (Madhesh Sports Council) को आयोजनामा सम्पन्न लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ को आज अन्तिम दिन भव्य रूपमा समापन गरिएको छ।

प्रदेशभरका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताले मधेश प्रदेशमा कराते खेलको विकास तथा नयाँ खेलाडी उत्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतियोगिताको नतिजाअनुसार सिरहा जिल्ला टिमले ७ स्वर्ण र ४ रजत पदकसहित प्रथम स्थान हासिल गरेको छ। लहान आयोजक टिमले ७ स्वर्ण र २ रजत पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने सर्लाही जिल्ला टिमले ३ स्वर्ण र २ रजत पदकसहित तेस्रो स्थान हासिल गरेको छ।

समापन कार्यक्रम जिसस सिरहाका प्रमुख दिनेश कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री माननीय राजकुमार गुप्ता प्रमुख अतिथि, नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामा, तथा लहान नगर प्रमुख महेश चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रम सम्पन्न गर्न लहान नगरपालिकाले सहयोग गरेको आयोजकले जनाएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]