बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

डाक्नेश्वरी नगरपालिकाको बनौलामा १५ औं टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
डाक्नेश्वरी नगरपालिकाको बनौलामा १५ औं टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन
Rampam
3D Education Lahan

उमेश कुमार साह

सप्तरी  ।सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १५ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिताको आज बिहीबार एक कार्यक्रमको बीच उद्घाटन भएको छ।

डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख राम लखन मलाहको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको छ। खेलमैदानका लागि लगानी गर्ने भन्दै प्रमुख अतिथि मलाहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ, स्थानीयको आशीर्वाद सहयोगको अपेक्षा गरेको छु , मेरो क्षेत्रमा युवा खेलाडीहरुको लागि प्रत्येक वडामा खेलमैदान र जग्गा उपलब्ध भए पछि स्टेडियम पनि तयार हुन्छ प्रमुख मलाहले बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा कुमारी यादवले खेलकुदको बिकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन । स्थानीयबासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने यादवको भनाइ रहेको थियो ।

कार्यक्रमको बिशिस्ट अतिथि वडा नम्बर १० का वडा अध्यक्ष कुन्जीलाल चौधरी , यस वडाका वडा सदस्यहरु, पुर्व वडा अध्यक्ष युगेश्वर प्रसाद साह , जग्गा दाता परिवारका सदस्य सुर्य नारायण साह लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयबासी , प्रहरी/प्रशासन , पत्रकार  लगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।

आजबाट सुरु भएको खेलमा मधेस प्रदेशका विभिन्न जिल्ला लगायत भारत बिहारको गरि जम्मा १६ वटा टिमको सहभागीता रहेको खेलकुदका समितिले बताए । १५ औं गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहको अध्यक्षतामा कार्यक्रम भएका थिए भने आज भएको उद्घाटन खेलमा जिल्लाको बोदे बर्साईन र बिहार जिल्लाको जयनगर बिचमा प्रतिस्पर्धा भएको थियो ।

गोल्डेन क्रीकेट क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष – मो मुसा अन्सारी ,सचिब – महेन्द्र प्रसाद साह  , कोषाध्यक्ष  श्रवन चौधरी  सदस्य – राजेन्द्र प्रसाद माझी , किसुन देव यादव , हरि माझी समितिका सल्लाहकार राजेश कुमार मिश्रा र सुशील चौधरी लगायत आजको कार्यक्रम संचालक यस क्लबका सल्लाहकार राजेश कुमार मिश्राले गरेको थियो । खेलमा बिहारको चलचित्र कलाकार राहुल भानु र  स्थानीय हरिबलव माझीले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]