रामएकवाल राम
कतार, दोहा । हाम्रो अभियान लोक संस्कृतीको संरक्षण, श्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कतारको चौथो अधिवेशन सुरु भएको छ।

सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल शाखा कतारको संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष शिवराम ढकालको सभापतित्व एव विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि , पत्रकार , कलाकारहरुको उपस्थितिमा कार्यक्रम सुरु भएको कार्यक्रम संचालक तथा संस्थाका सचिव कृष्ण दर्लामीले जानकारी दिए।