दोहा । नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन लाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई आग्रह गरेका छन।
कतारको दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा क्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताएको छ।
युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बताए ।
उनले संसारका अन्य देशमा युवाको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गरे ।
कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरे ।




















