बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मधेस प्रदेश संसदीय दलका नेता भरत साहले दिए राजीनामा

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २०, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मधेस प्रदेश संसदीय दलका नेता भरत साहले दिए राजीनामा
Rampam
3D Education Lahan

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्।

मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सोमबार (हिजो) राजीनामा पत्र बुझाएका माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए।

स्रोतका अनुसार साहमाथि नैतिक चरित्र (यौन विचलन) सम्बन्धी गम्भीर आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब पर्दै आएको थियो। 

माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद् र पार्टीका नेताहरुले उनलाई राजीनामा दिन दबाब दिए पनि साहले त्यसलाई अस्वीकार गर्दै आएका थिए। तर, पार्टीमाथि दबाब बढ्दै गएपछि प्रचण्डले नै उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए। 

यसअघि नै साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए। केन्द्रबाट दबाब नहुँदा उनी राजीनामाबाट पन्छिँदै आएका थिए। 

साहमाथि आफ्नै सांसद्हरुले प्रश्न उठाउन थालेपछि उनले गएको १० महिनादेखि संसदीय दलको बैठकसमेत बोलाएका छैनन्। 

महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’बाट निर्वाचित साहले संसदीय दलको नेताबाट राजीनामा दिएपछि अब मधेस प्रदेशसभामा माओवादी संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ। 

हाल रौतहटबाट निर्वाचित युवराज भट्टराई (समीर) माओवादी मधेस प्रदेश संसदीय दलको उपनेता छन्। स्रोतका अनुसार नेता भट्टराई र सर्लाही ३ (क)बाट निर्वाचित सांसद जवाहर कुशवाहा संसदीय दलको नेताका मुख्य दावेदार हुन्। 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]