बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नवराजपुर गाउँपालिकाले बनायोआफ्नै आर्थिक विधेयक कानुनविपरीत कार्य गर्नेलाई कारबाही गर्ने

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २५, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नवराजपुर गाउँपालिकाले बनायोआफ्नै आर्थिक विधेयक कानुनविपरीत कार्य गर्नेलाई कारबाही गर्ने
Rampam
3D Education Lahan

सिरहा -  सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक बनाएर लागू गरेको छ । गाउँपालिकाले विधेयकमा फोहोर गर्नेदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ ।

गाउँपालिकाले बुधबारदेखि आर्थिक विधेयक, २०८१ लागू गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरेमा, जथाभावी फोहोर फालेमा, पशुचौपाया छाडा छाडेमा, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएमा र अन्य कानुनविपरीतका कार्य गर्नेलाई कारबाही गर्ने जनाएको हो । यी कार्य गरेको भए सात दिनभित्र सच्चिन गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाकाअनुसार, सार्वजनिक स्थल तथा सडकमा जथाभावी फोहोर मैला फालेमा ५ सयदेखि २५ सयसम्म, छाडा छाडिएको पशु चौपायाले हानिनोक्सानी पुर्‍याएमा सो बराबरको क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ । यस्तै, सार्वजनिक जग्गा अतिक्रमण गरेमा प्रथम पटक १० हजार र अर्कोपटक १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।

तर, सार्वजनिक जग्गामा विगतदेखि बसेका भूमिहीन व्यक्तिहरुको हकमा भने यो लागू हुने छैन । यस्तै, सार्वजनिक पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गरेमा र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएमा ५० हजारदेखि ५ लाखसम्म जरिवाना गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराउँदा निःशुल्क हुने र समय नाघेर दर्ता गराउनेलाई ५० रुपैयाँ जरिवाना गरिने व्यवस्था पनि गरेको छ । यो विधेयक लागू भएपछि सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या हदसम्म समाधान हुने गाउँपालिका अध्यक्ष शिवउदगार यादवले बताए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]