बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपालको प्रथम सिराहा जिल्ला अधिवेशन सुरु

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपालको प्रथम सिराहा जिल्ला अधिवेशन सुरु
Rampam
3D Education Lahan

महेश सिंह 

लहान - संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रथम जिल्ला अधिवेशन आइतवार सिरहामा सुरु भएको छ।

सिरहा जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। उनले मधेसको पहिचान, अधिकार र आत्मनिर्णयको अधिकारको पक्षमा पार्टीले खेलेको भूमिकालाई स्मरण गर्दै, “जसपाले मधेसलाई राजनीतिक रुपमा संगठित र सशक्त बनाउने काम गरेको छ,” भने।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नयाँ नेतृत्वको चयन सक्षम र उत्तरदायी होस् भन्ने शुभकामना व्यक्त गरे। अधिवेशनमा माओवादी केन्द्रका नेता हरिनारायण चौधरी र नेकपा एमालेका नेता डा. नवीन कुमार यादवको पनि उपस्थिति थियो।

डा. यादवले मधेस प्रदेशमा शिक्षाबाट कृषिसम्मका समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “म एमालेमा भए पनि मधेसी मुद्दा र पहिचानको पक्षमा सधैं आवाज उठाउँदै आएको छु।

उनले मधेस प्रदेशमा दक्ष जनशक्ति र कर्मचारी अभाव रहेको उल्लेख गर्दै, “राज्यले मन्त्री चयन गर्दा विषयगत दक्षता र क्षेत्रीय सन्दर्भलाई ध्यान दिनुपर्छ,” भने। छुवाछुत जस्ता सामाजिक विकृति अझै कायम रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसबारे नीति तहमै हस्तक्षेप आवश्यक रहेको बताए।

कार्यक्रममा जसपाका नेता राजलाल यादव, राजकिशोर यादव, सुरेश मण्डल, ललिता दास, जानकी यादव, संजिला यादव, चन्देश्वर पासवान, रेनु यादव, रामचलित्र महतो, चन्द्रशेखर यादव, राम उद्धार महतो, प्रदीप मण्डल, रन्जित यादव लगायत नेताहरूको उपस्थिति थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]