बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ३०, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
Rampam
3D Education Lahan

पर्सा । वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ । 

दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको अर्यालको भनाई छ ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो । 

यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको थियो । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

यता, झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् । प्रहरीले घटनास्थलमा लाठीचार्जसमेत गरेको छ ।  

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]