बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपालको लक्ष्मीपुर पतारी गाउँ अधिवेशन सम्पन्न अध्यक्षमा बद्री नारायण यादव,

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २६, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपालको लक्ष्मीपुर पतारी गाउँ अधिवेशन सम्पन्न अध्यक्षमा बद्री नारायण यादव,
Rampam
3D Education Lahan

सितल साह

लहान -  जनता समाजवादी पार्टी (जसपा ) नेपालकाे सिरहा जिल्ला लक्ष्मिपुर पतारी गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न भएको छ।

सोमबार सम्पन्न अधिवेशनको प्रमुख आतिथ्य सिरहा क्षेत्र नं. १ (प्रदेश ख) का प्रदेश सभा सदस्य तथा लोकप्रिय नेता माननीय राजकुमार गुप्ताले गर्नु भएको थियो।अधिवेशनको बन्दशस्त्रको अनुसार सर्बसम्मत रुपमा १९ सदस्यीय गाउँपालिका समिति चयन गरिएको छ।

जसअनुसार अध्यक्ष पदमा बद्री नारायण यादव, उपाध्यक्षहरूमा अनिरुध प्रसाद मण्डल र लालबाबु साह चयन भएका छन्। त्यसैगरी सचिवमा धर्मेन्द्र कुमार राय, उपसचिवहरूमा राज कुमार यादव र दिनेश कुमार यादव तथा कोषाध्यक्षमा श्याम मुखिया निर्वाचित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि माननीय राजकुमार गुप्ताले समावेशी र जनउत्तरदायी नेतृत्व निर्माणको आवश्यकतामा जोड दिनुभयो। उहाँले स्थानीय तहलाई सशक्त बनाउने दिशामा यस्ता अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रदेश सभा सदस्यको रुपमा विजयी भएदेखि नै आम जनताको सुख-दुःखमा साथ दिने नेता भनेर चिनिने राजकुमार गुप्ता (राजु) सामाजिक तथा राजनीतिक क्षेत्रका लागि प्रेरणादायी पात्र बनेका छन्। पार्टीप्रति इमानदार, जनताको सेवा प्रति समर्पित र युवाशक्ति समेट्दै अघि बढ्ने गुप्ताको शैलीले उनलाई लोकप्रिय बनाएको छ।

स्थानिय नेता, कार्यकर्ता तथा जनसमुदायले युवा नेता गुप्ताको इमानदारी, कर्तव्यनिष्ठा र सक्रिय भूमिकाको प्रशंसा गरेका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै गाउँपालिकाभित्र विकास, समावेशिता र स्थायित्वको मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ।कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]