Showing 181-190 of 304 items.
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जनकपुर विमानस्थलमा भव्य स्वागत

    जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज जनकपुरधाम आइपुगेका छन् ।पार्टीको धनुषा जिल्ला अधिवेशनमा सहभागि हुन उनी आज विहान जनकपुरधाम आइ पुगेको हो। अध्यक्ष यादवलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले विमानस्थलमा स्वागत गरेका छन।जसपा नेपाल धनुषाको जिल्ला अधिवेशन आज जनकपुरको महेन्द्र नारायण निधि भवनमा शुरु हुँदैछ ।

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । प्रदेशअन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ ।शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ ।विराटनगरस्थित मारवाडी सेवा सदनको सभा

    पुरै पढ्नुहोस्
  • नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको अध्यक्ष उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए । उनले अगाडि भने नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनल

    पुरै पढ्नुहोस्
  • एमाले धनुषा अधिवेसन विवादमा, नेता अरगरिया कार्यकर्ता सहित धर्नामा

    जनकपुरधाम । नेकपा एमालेको धनुषा अधिवेशनमा विवाद भएको छ । निर्वाचन कमिटीले धाँधली गरेको भन्दै एक पक्ष धर्नामा बसेका छन् । एमाले सचिव रघुवीर महासेठ इतर पक्षका उम्मेदवारहरू आफूहरुसँग धान्धली भएको भन्दै धर्नामा बसेका छन् ।अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले एमालेको विधानअनुसार पदाधिकारीको उम्मेदवार हुन सदस्य वा भातृ संगठनमा केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान रहेकोमा त्यस्तो नमिलेका उम्मेदवारहरू विरुद्ध उजुरी गरेपनि कुनै कारवाही नभएको र अन्तिम नामावलीमा नाम उल्लेख गरेको भन्दै आपत्ति जनाउँदै धर्नामा बसेको बताए ।उनले निर्वाचन कमिटीले पटक(

    पुरै पढ्नुहोस्
  • नेकपा एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट, कुर्सी हानाहान

    जनकपुरधाम । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ ।केहि उम्मेदवारमा दावी विरोध परेको र सो विषयमा विवाद भएपछि दुई समूह कुटाकुट गरेका हुन् । उनीहरु कुर्सी समेत तोडफोड गरेका छन् । विवादका कारण मतदान प्रक्रिया रोकिएको छ ।जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भातृ संगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने एमालेको विधानमा उल्लेख छ । तर विधान विपरित परेको उम्मेदवारीमा दावी विरोधको उजुरी पर्दा पनि ति उम्मेदवारको उम्मेदवारी खारेज नगरेको भन्दै विवाद भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।निर्वाच

    पुरै पढ्नुहोस्
  • एमाले सचिवालय बैठक दिउँसो २ः०० बजे बस्दै

    काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ः०० बजे बस्ने गरेर बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो। 

    पुरै पढ्नुहोस्
  • नेपाली काँग्रेसका वडासचिव लगायत अन्य युवाहरु जसपा नेपालमा प्रवेश

    जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीका काँग्रेसका वडासदस्य जसपामा प्रवेश गरेका छन् । शनिबार जसपा नेपालका युवा नेता एवम् जनकनन्दिनी गाउँपालिकाका गाँपा अध्यक्ष दिपिनदेव यादवले काँग्रेसका वडासचिव बिन्देश्वर साह (बिन्दे) लाई अबिर माला लगाएर जसपा नेपालमा स्वागत गरे । बिन्दे गत वि.सं. २०५४ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै सो वडामा वडासचिव पद सम्हाल्दै आएका थिए । शनिबार उनले काँग्रेसको सदस्यता त्याग गर्दै अधिकारिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन् । काँग्रेसमा बर्षौदेखि लागेपनि परेको बेला सहयोग नगरेको तथा

    पुरै पढ्नुहोस्
  • जसपा नेपालले कोशी खारेजी तथा पहिचान आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्दै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ।पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको धरानमा शनिबार गर्न लागिएको उक्त गोष्ठीका प्रमुख वक्ता पार्टी अध्यक्ष उपेन्द्र यादव रहने छन्। अन्य वक्ताहरुमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु हुने बताइएको छ।मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर सङ्घर्षरत छ। पहिचानको राजनीतिले जाति÷ समुदायबीचको विभेद, उत

    पुरै पढ्नुहोस्
  • शासन प्रणाली फेरिए पनि शासन गर्ने पात्र उही मुलुकको अवस्था फेरिन सकेन :अध्यक्ष यादव

    नवलपरासी - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनको समयमा भएको सहमति कार्यान्वयन नगरेर सरकार र ठूला दलले मधेशी जनतालाई अन्याय गरेको आरोप लगाएका छन् ।मधेश आन्दोलन र संघीयताको मर्मविपरीत 'एक मधेश एक प्रदेश' नदिएकाले अब संघीयताको पुनःसंरचना गरेर जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित हुने गरेर निर्णायक आन्दोलन हुनुपर्ने बताए ।जनता समाजवादी पार्टी पश्चिम नवलपरासीको प्रथम एकता जिल्ला अधिवेशनमा बोल्नेक्रममा अध्यक्ष यादवले देशमा शासन प्रणाली फेरिए पनि शासन गर्ने पात्र उही हुँदा देशले निकास नपाएको धारणा राखे&

    पुरै पढ्नुहोस्
  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित