बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रतिनिधि सभा सदस्यको उम्मेदवारलाई हरवा चरवाले बुझाए स्मरण पत्र

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १२, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रतिनिधि सभा सदस्यको उम्मेदवारलाई हरवा चरवाले बुझाए स्मरण पत्र
Rampam
3D Education Lahan

सप्तरी ।अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुलाई हरूवा चरवाले स्मरण पत्र बुझाएका छन।
मङ्गलबार सप्तरीको सुरुङ्गा नगरपालिका -४ मा अवस्थित  जन चेतना दलित संगमको सभाहलमा जिल्ला मुक्त हरवा चरवा अधिकार सप्तरीको आयोजनामा जिल्लाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधी सभासदस्यको उम्मेदवारहरु संग अन्तकृया बैठक गरी स्मरण पत्र बुझाएका छन ।
नेपालमा २०७९ श्रावण २ गते हरवा चरवा लगायत दास प्रथाको अन्त्य भइसकेको औपचारिक घोषणा भए तापनि तराई–मधेशका हरवा–चरवा समुदाय आज पनि व्यवहारतः बधुवा श्रम, भूमिहीनता, अशिक्षा, गरिबी, साहु–महाजनको ऋणको जाल, जातीय विभेद तथा नागरिकता समस्याबाट ग्रसित छन ।
संविधान २०७२ ले समानता, सामाजिक न्याय, आवासको अधिकार तथा दलित समुदायलाई एकपटक जमिनसहित बसोबासको व्यवस्था गर्ने स्पष्ट प्रावधान गरेको भए पनि व्यवहारमा हरवा–चरवा समुदायले अझैसम्म सुरक्षित बसोबास, जग्गा स्वामित्व र सम्मानजनक जीवनको प्रत्याभूति पाउन सकेका छैनन ।
विशेषगरी सप्तरी जिल्ला, त्यसमा पनि निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न पालिकाहरूमा पुस्तौंदेखि ऐलानी, पर्ति, नदी किनार, सार्वजनिक जग्गा तथा गाउँब्लक क्षेत्रमा बसोबास गर्दै आएका हरवा–चरवा तथा दलित परिवारहरू उठीबासको जोखिममा छन । विकास निर्माण, सडक विस्तार वा अन्य बहानामा बस्ती हटाउने, घर भत्काउने तथा मुद्दा मामिलामा फसाउने प्रवृत्तिले उनीहरूको जीवन झनै असुरक्षित बनेको छ ।
हरवा–चरवा समुदाय कृषि मजदुरीमा निर्भर, न्युन ज्याला , न्यून आय भएका, सामाजिक रूपमा पछाडि पारिएका र राज्य सेवाबाट वञ्चित समुदाय हुन । उचित पहिचान, आधिकारिक लगत, परिचयपत्र, पुनस्र्थापना योजना तथा लक्षित बजेट अभावका कारण राज्यको कार्यक्रम र सुविधाबाट समेत उनीहरू पूर्ण रूपमा लाभान्वित हुन सकेका छैनन ।
आगामी प्रतिनिधि सभा निर्वाचनको उम्मेदबारहरूले हरवा–चरवा समुदायका सवाललाई प्राथमिकताका साथ उठाउने र चुनावी घोषणा पत्रमा स्पष्ट नीति, कार्यक्रम तथा प्रतिबद्धता समावेश गर्ने अपेक्षा समुदायले गरेको छ ।  हरवा चरवाको माग तथा सुझावहरूमा सार्वजनिक प्रतिबद्धता जनाइदिनको लागी प्रतिनिधी सभाका उम्मेदबारहरु लाई स्मरण पत्र बुझाएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले बताउनु भयो । 
रमाकान्त चौधरी नागरीक उनमुक्ती पार्टी नेपाल, सिताराम साह रास्वपा, रुपक न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, रुवी कुमारी कर्ण नेपाली कम्युनिष्ट पार्टी, सनम कुमारी चौधरी लगायत अन्य उम्मेदबाहरुको सहभागी रहेको थियो । बाकी रहेका अन्य उम्मेदबारहरुलाई क्रमबद्ध रुपमा स्मरण पत्र बुझाउने योजना रहेको छ । मंचका जिल्ला अध्यक्ष देब लाल रामको अध्यक्षमा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथिहरु  प्रदेश सभा सदस्य मा.गोविन्द बहादुर न्यौपाने, नगर संयोजक शोभित लाल राम, चनदेश्वरी सदा , विभिन्न जनसंगठनका अगुवा, दलित अधिकारकर्मि शलिता कुमारी सदा , जन प्रतिनिधी माने देबी सदा ,जन चेतना दलित संगमका कोषाध्यक्ष बेचनी देबी सदा , अन्य कर्मचारी गरी कुल ६० जनाको सहभागी रहेको थियो । कार्यक्रमको संचालन प्रेम विश्वकर्माले गर्नुभएको थियो ।   

Messenger_creation_A3DE25CC-1AAF-4293-B309-70CCC9CB11E9

Messenger_creation_7D16F13E-BEBA-4AF9-BC7B-9B1F404E9BE8

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]