बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
Rampam
3D Education Lahan

काठमाडौं । विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ।भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्। यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछ। भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन्। 
विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ। श्रीलंकाको कोलोम्बोस्थित आर.प्रेमादसा स्टेडियम र एसएससी क्रिकेट मैदानमा र क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन्। विश्वकपको पहिलो दिन आज तीन खेल हुने तालिका छ। श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्स बीचको उद्घाटन खेल बिहान सवा ११ बजे सुरु हुनेछ। 
यता भारतमा भने दुई खेल हुनेछन्। कोलकताको इडेन गार्डेनमा समूहसीका स्कटल्यान्ड र वेष्ट इण्डिज खेल्ने तालिका छ। यो नेपाल रहेको समूह हो। 
वेष्ट इण्डिजले दुई पटक विश्ककपको उपाधि उचालिसकेको छ। 
स्टकल्यान्ड भने अन्तिम समयमा विश्वकपमा प्रवेश गर्ने भाग्यमानी टोली हो। 
सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि आईसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो। यो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। 
पहिलो दिनको अन्तिम खेलमा शनिबार राति सवा ७ बजे घरेलु टोली भारतले अमेरिकासँग खेल्ने तालिका छ। मुम्बईको वानखेडे स्टेडियममा अमेरिकासँग खेल्दै साविक विजेता भारतले विश्वकपको यात्रा सुरु गर्नेछ। 
नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। 
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। 
सुपर ८ का खेलहरु फेब्रुअरी २२ देखि सुरु हुनेछ। सुपर ८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो सेमिफाइनल मार्च ४ र दोस्रो सेमिफाइनल मार्च ५ मा हुनेछ। फाइनल खेल मार्च ८ मा हुने तालिका छ। 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]