रामएकवाल राम
दोहा । राष्ट्रपति रामचन्द्र पौडेलले आज कतारबाट स्वदेश प्रस्थान गरेका छन। कतारको राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गरेका छन।
राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुगेका थिए ।
उनलाई आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित अन्य उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।




















