रामएकवाल राम
दोहा । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतार भ्रमणमा रहनु भएका  राष्ट्रपति रामचन्द्र पौडेलले कतारको राष्ट्रिय सङ्ग्रहालय र इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन।
बुधबार सङ्ग्रहालयका अधिकारीहरूले राष्ट्रपति पौडेललाई स्वागत गर्दै यहाँको बारेमा थप जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन।
मङ्गलबार देखि दोहामा शुरु भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार कतार आएका हुन।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन कतार आएका हुन।उनी कार्तिक २० गते विहिबार स्वदेश फर्किने कार्यक्रम रहेको प्रेस सल्लाहकार पोखरेलले बताए।