बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १० औं साधारणसभा सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर कार्तिक १३, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १० औं साधारणसभा सम्पन्न
Rampam
3D Education Lahan

कपिलवस्तु । कपिलवस्तुको  विजयनगर गाउँपालिका खडैचामा गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औं साधारणसभा बिहीबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आगामी योजना सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री जानकीप्रसाद यादवले ‘वन र मानवबीचको सम्बन्ध एकअर्काको पूरक हो’ भन्दै वृक्षारोपण र संरक्षणमा सबैले सक्रिय भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा धेरै अतिक्रमित क्षेत्र फिर्ता गराउन सफल भएको स्मरण गरे ।

कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले वन संरक्षण र विकासका लागि स्थानीय तह र वन उपभोक्ता समूहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिका वनसँग साझेदारी गर्न तयार रहेको बताए । जलवायु परिवर्तनका कारण मानवीय जीवनमा परेको प्रभावबारे चिन्ता व्यक्त गर्दै उनले सबैलाई वन संरक्षण अभियानमा सहभागी हुन आग्रह गरे ।

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत महेन्द्रराज वाग्लेले प्रदेशको कानुन अनुसार राष्ट्रिय वनको व्यवस्थापन अगाडि बढिरहेको बताउँदै २ सय ८८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । उनले नागरिकको सचेत सहभागितामार्फत मात्र अतिक्रमण नियन्त्रण र वृक्षारोपणमार्फत वन विकास सम्भव हुने उल्लेख गरे ।

गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले समूहले पुनरुत्पादन कटान प्लटका साथै विभिन्न स्थानमा १६.३४ किलोमिटर तारबार, ८०.२४ किलोमिटर अग्नि रेखा निर्माण तथा ७२.६२ हेक्टर क्षेत्रमा काँडे तारबारसहित वृक्षारोपण गरेको जानकारी दिए ।

उपाध्यक्ष सिमा अर्यालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले आगामी वर्षमा पनि संरक्षण, मर्मत, अतिक्रमण व्यवस्थापन र सामाजिक विकासका कार्यहरूलाई प्राथमिकतामा राख्ने बताइन् ।

कार्यक्रममा सामुदायिक वनका सदस्य, विभिन्न सामुदायिक वनका अध्यक्ष,जनप्रतिनिधि ,सुरक्षाकर्मी, स्थानीय भद्रभलादमी, पत्रकार लगायत हरूको उपस्थित रहेको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]