आईसीसी सदस्यमा शिव कुमार महतोको उम्मेदवारी
रामएकवाल राम
दोहा , कतार :- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको निर्वाचनमा शिव कुमार महतोले अन्तराष्ट्रिय समन्वय परिषद( आईसीसी ) सदस्यमा उमेद्वारी दिएका छन।
एनआरएन कतारको कार्यसमितिमा बसेर काम गर्ने क्रममा हाँसिल गरेका अनुभव र सिकाईलाई अब थप उपल्लो तहबाट सस्थाको हितको लागि सदुपयोग गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको महतोले बताए ।
सन् २००६ मा कतार प्रवेश गरेयता उनले आफ्नो काम व्यवसाय बाहेक समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । सिराहा अर्नामा गाउँपालिका -३ घर भएका उनी हाल मधेसी एकता समाज कतार अध्यक्ष समेत हुन।
उनले आईसीसीमा रहेर हरेक गतिविधि सफल बनाउन सशक्त भूमिका खेल्ने, नेपाल भित्र र गैर आवासीय नेपाली उद्यमीहरू बीचको नेटवर्कलाई विकास गर्नमा लागिपर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्