बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपालले भूमि सम्बन्धी विधेयकका मुख्य बुँदामा असहमति जनाउँदै १० बुँदे संशोधन प्रस्ताव दर्ता

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन ९, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपालले भूमि सम्बन्धी विधेयकका मुख्य बुँदामा असहमति जनाउँदै १० बुँदे संशोधन प्रस्ताव दर्ता
Rampam
3D Education Lahan

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मुख्य बुँदाहरूमा असहमति जनाउँदै १० सूत्रीय संशोधन प्रस्ताव दर्ता गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुवै सदनमा  १० सूत्रीय संशोधन प्रस्ताव दर्ता गरेको हो । 

संशोधन प्रस्तावमा सो विधेयक हुबहु पारित भएमा वन विनाश भई पर्यावरण र जैविक विविधता नष्ट हुनुका साथै तराई र मधेसमा अत्यधिक जनसङ्ख्या वृद्धि भई आन्तरिक द्वन्द्व सृजना गर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको छ ।

यस्ता छन्  १० सूत्रीय संशोधन प्रस्ताव

१. यो विधेयक हुबहु पारित भएमा वन विनाश भई पर्यावरण र जैविक विविधता नष्ट हुनुका साथै तराई मधेसमा अत्यधिक जनसङ्ख्या वृद्धि भई आन्तरिक द्वन्द्व सृजना हुन्छ । मधेसमा रैथाने मधेसी, आदिवासी, थारु, मुस्लिम लगायतलाई अल्पसङ्ख्यक बनाउँछ, अल्पमतमा पार्दै लैजान्छ ।

२. सार्वजनिक जग्गा, खोला र नदी किनारको जग्गा, वन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रको जग्गा, गौचर हाट हाटघाट बजारको जग्गा तथा राष्ट्रिय वन जङ्गल अतिक्रमण गरी, वन फडानी गरी अवैध बसोबास गर्ने व्यक्तिहरूलाई बाँडिनेछ । जुन कि गलत हो ।

३. राष्ट्रिय वन जङ्गल फडानी, वन अतिक्रमण फौजदारी अपराध हो, यसको हदम्याद हुदैन । पटक–पटक वन फडानी गर्ने व्यक्ति अपराधीहरूलाई कारबाही गर्नुको सट्टा, पुरस्कार स्वरूप जग्गा वितरण गरियो भने, यसले गलत नजिर बस्छ । वन फाँड्नेले मात्र जग्गा पाउँछ, वन जङ्गल फाँडन नसक्नेले नियम कानुन मान्ने भूमिहीन सुकुम्बासीहरुले राज्यबाट जग्गा पाउँदैन भन्ने तथ्य स्थापित हुन जान्छ । यसले वन अतिक्रमण र वन फडानीलाई प्रोत्साहित गर्छ । फलस्वरूप, वन क्षेत्र, चूरे क्षेत्र अतिक्रमित भई तराई मधेस मरुभूमिकरण हुँदै जान्छ ।

४. यसरी नै कानून बनाएर अवैध कार्यलाइ वैधानिकता दिँदै जाने हो भने, वन संरक्षणको नाममा वन कार्यालयहरू स्थापना गरेर राज्यको ढुकुटी खर्च गर्नुको के औचित्य रहन्छ रु 

५. वन फडानी नगर्ने, नियम कानुन मान्ने वास्तविक भूमिहीनहरूले आवास, बसोबासका लागी जग्गा पाउँदैन, पाउन कठिन हुन्छ ।

६. यसबाट भू–मफिया, जग्गा दलाल, रियल स्टेट व्यवसायीहरूलाई बढी फायदा पुग्छ ।

७. संविधानको अनुसूची– ६ अनुसार भूमि व्यवस्थापन, जग्गाको अभिलेख प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्दछ । यो क्षेत्राधिकार हनन् हो ।

८. अहिलेको मौजुदा भूमि सम्बन्धी ऐन २०२१ ९आठौँ संशोधन, २०७६० बाट नै वास्तविक सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न सकिन्छ ।

९. सरकारले आफ्नो राजनैतिक लाभको लागी वन फडानी गर्ने तथाकथित नक्कली सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई वन जङ्गलको जग्गा बाड्न उद्यत रहेको छ । यसले भूमिहीन दलित, विपन्न, वास्तविक सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको समस्यालाई थप जटिल बनाउँछ।

१०. सरकारले विगतमा ल्याएको भूमि अध्यादेशको हुबहु, कहीँ कतै, केही तात्त्विक परिवर्तन नगरी, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई के कति जग्गा दिने सो समेत उल्लेख नगरी विधेयक ल्याएकोले, असहमति जाहेर गरेका हौँ । यसको विरोध गरेका हौँ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]