बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहानका एमाले अध्यक्ष साहलाई कार्वाही गर्न पत्रकार महासंघको माग

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १९, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानका एमाले अध्यक्ष साहलाई कार्वाही गर्न पत्रकार महासंघको माग
Rampam
3D Education Lahan

लहान - नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहविरुद्ध सञ्चार सम्बद्ध संगठनहरूले कारबाहीको माग गरेका छन।

नेता साहले मंगलबार आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको हो।नेपाल पत्रकार महासंघ मधेस प्रदेशले बुधबार विज्ञप्ति जारी गर्दै साहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार महासंघ मधेशका महासचिव शैलेन्द्र क्रान्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा साहले प्रयोग गरेको ‘भ्रमपूर्ण, अश्लील र आपत्तिजनक अभिव्यक्ति’ को निन्दा गर्दै छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

यस्तै, महासंघको सिरहा शाखाले पनि विज्ञप्ति जारी गरी शाखा अध्यक्ष यादवमाथि भएको गालीगलौज र गैरजिम्मेवार अभिव्यक्तिका लागि नगर अध्यक्ष साहलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

शाखा सचिव मुकेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यदि कुनै भिडियो सामग्री सत्यतथ्यमा आधारित छ भने त्यसको प्रसारण गर्नु पत्रकारको न केवल अधिकार हो, कर्तव्य पनि हो। सोही विषयलाई लिएर अमर्यादित गालीगलौज गर्नु निन्दनीय र सम्पूर्ण पत्रकार समुदायप्रतिको घोर अपमान हो।

यस घटनाप्रति प्रेस मञ्च सिरहा , प्रेस सेन्टर सिरहा र प्रेस युनियन सिरहाले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निन्दा व्यक्त गरेका छन।

FB_IMG_1751482771647

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]