रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज मंगलवार  पढाउने भएका छन् ।

श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले बिदाको दिनपनि पढाउने भएका हुन् ।

मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएको हो । तर यी दुई विद्यालयहरुले एक सूचना जारी गरी शिक्षक आन्दोलनका कारण भएको सिकाई क्षतिलाई पूरा गर्न खोल्ने निणय भएको जानकारी दिएका छन् ।

श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले मधेश प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि विद्यालय यथावत् संचालन हुने बताए ।

नेपाल शिक्षक महासघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गते सम्म गरेको २९ दिने शैक्षिक हड्ताललाई मध्यनजर गर्दै खोल्ने निर्णय गरिएको उनले बताए । यी दुई विद्यालयले गरेको निणयप्रति अभिभावक खुसी भएका छन् ।