रामएकवाल राम दोहा – मध्यपूर्वमा बढ्दो सैन्य तनाव र सुरक्षा चुनौतीबिच दोहास्थित नेपाली राजदूतावासले कतार र इरानमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अनलाइनमार्फत प्रविष्ट गर्न आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी गर्दै कतार वा इरानमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई पोर्टलमा आफ्नो व्यक्तिगत र सम्पर्क विवरण भर्न अनुरोध गरेको हो । प्राप्त तथ्यांकले कुनै पनि संकटको घडीमा कुन नागरिक कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा राज्यलाई थाहा हुने र सहायता पुर्याउन सहज हुने दूतावासको विश्वास छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर से
पुरै पढ्नुहोस्
एजेन्सी – भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ । लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा वसोवास गर्दै आएको जनाइएको छ । यसै गरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ । एयर इन्डिया एक्सप्रेसले मङ्गलबार देखि ओमानको राजधानी मस्कट जाने उडानहरू पुनः सुरु गर्ने बताएको छ । यद्देपी बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इम
पुरै पढ्नुहोस्
कतार (दोहा) : आक्रमणका बीच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकलाई तत्काल ती देशहरू छोड्न आग्रह गरेको छ। कन्सुलर मामिलाकी सहायक सचिव मोरा नामदारका अनुसार अमेरिकी नागरिकलाई उपलब्ध व्यावसायिक उडान वा अन्य सुरक्षित माध्यम प्रयोग गरी बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनबाट तत्काल छोड्न निर्देश
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, कतार । कतार स्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध गरेको छ। दुतावासले कतारको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन, सूचना बमोजिम सजग रहन आग्रह गर्दै कतारी हवाईक्षेत्र खुलेपश्चात् मात्र नियमित उडान शुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका कतारको सिभिल एभियासन अथोरिटीको वेबसाइट हेर्न आग्रह गरेको छ । दुतावासले अफवाहपूर्ण सूचना सामग्री तथा घटनास्थलको तस्बिर-भिडियो सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गर्दै भिडभाड हुने स्थानमा
पुरै पढ्नुहोस्
राजविराज १८, फाल्गुन। सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा प्रवेश गरेका छन् । तत्कालिन मलेकपुर गाउँविकास समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवसहितका नेता तथा कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको हुन् । स्थानीय तहको निर्वाचनमा उनी विष्णुपुर गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न रहँदैआएका उनीसँगै चर्चित समाजसेवी महिनारायण यादव, राजेन्द्र प्रसाद यादव, भोला प्रसाद यादव, इश्कीलाल यादव, म
पुरै पढ्नुहोस्
कतार । कतारको रक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानबाट प्रक्षेपण गरिएका दुईवटा ड्रोनहरूले कतारका महत्त्वपूर्ण ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार एउटा ड्रोनले मेसाईद स्थित पावर प्लान्टको पानी ट्याङ्कीमा प्रहार गरेको थियो भने अर्को ड्रोनले रासलाफान औद्योगिक क्षेत्रमा रहेको ‘कतार इनर्जी’ को सुविधा केन्द्रमा प्रहार गरेको थियो। यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि भौतिक संरचनामा केही क्षति पुगेको बताइएको छ। सुरक्षा निकायहरूले हाल क्षतिको मूल्याङ्कन गरिरहेका छन्। यसैबीच, कतारका वि
पुरै पढ्नुहोस्
शियाराम यादव ,फल्गुण-१८सिरहा–१ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सत्य नारायण यादवले रङ्गहरूको पर्व होलीको अवसरमा सम्पूर्ण सिरहावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।शुभकामना सन्देशमार्फत उनले होलीले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। विविधताले भरिएको मधेसको समाजलाई अझ नजिक ल्याउने पर्वका रूपमा होलीको विशेष महत्व रहेको उनको भनाइ छ।यादवले चाडपर्व केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक सम्बन्धलाई सुदृढ बनाउने अवसर भएको उल्लेख गरेका छन्। उनले आपसी सम्मान, सहिष्णुत
पुरै पढ्नुहोस्
दुबई । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीले दिएको जानकारी अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्। श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको दूतावासले जनाएको छ। जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा उनको घटनास्थलमै निधन भएको जनाइएको छ। घटनाबारे संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले उल्लेख गरेको छ। परिस्थिति सहज भएपछि स्वर्गीय श्रेष
पुरै पढ्नुहोस्
सप्तरी १८, फाल्गुन। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको आज अन्तिम दिन स्पष्ट शब्दमा भनेका छन्, 'निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन्। योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ। तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ।'अपील
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सप्तरी निर्वाचन -३ का उम्मेदवार उपेन्द्र यादवले नेपालीहरुको विशेष पर्व फागुपुर्णिामा होलीले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस भनी शुभकामना व्यक्त गरेका छन। होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा बिदेशना रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा सुख शान्ति समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन। अध्यक्ष यादवद्वारा जारी सन्देशमा भनिएको छ होली केवल रङ खेल्ने पर्व मात्र होइन, यो आपसी प्रेम, सद्भाव, भाइचार
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित