काठमाडौं - भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो।विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार भारत सरकार र मित्रवत् भारतीय जनताप्रति, साथै यस दुर्भाग्यपूर्ण घटनामा ज्यान गुमाउनेहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’यस दुःखको घडीमा नेपाल सरकार र नेपाली जनता भारत सरकार र भारतीय जनताको साथमा खडा रहेको समेत उल्लेख गरिएको छ।२४२ यात्रु बोकेको एयर इन्डियाको विमान बिहीबार अहमदाबाद एयरपोर्टबाट उडेको केही क्षणमै दुर्घट
पुरै पढ्नुहोस्
दिल्ली - लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको अहमदाबाद नजिकै दुर्घटनाग्रस्त भएको छ। अहमदाबाद बाट लन्डनको गेटविकका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा सवार २४२ जना यात्रु तथा चालक दलमध्ये कोही पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ।विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक सवार हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् । भारतीय पक्षले पठाएको यात्रु सूचीअनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिक
पुरै पढ्नुहोस्
काठमाडौं - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार,आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रद
पुरै पढ्नुहोस्
साउदीअरब - गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, जेद्धा, साउदी अरबको कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न निर्वाचनबाट दण्डपाणी अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।निर्वाचित समितिमा चिरञ्जीवी बस्नेत उपाध्यक्ष, देवराज अर्याल सचिव, कृष्ण कुमार थापा सह–सचिव, लक्ष्मण रोकाया कोषाध्यक्ष, र मोहनराज गुरुङ सह–कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्। सदस्यहरूमध्ये सन्तोष खड्का, प्रितम खड्का र गोबिन्द बहादुर दियाल रहेका छन्।नयाँ कार्यसमितिले प्रवासी नेपालीको हक–हितको संरक्षण, सामाजिक
पुरै पढ्नुहोस्
बारा - गर्मी अत्यधिक बढेपछि बारा र पर्साका धेरैजसो विद्यालय बन्द भएका छन्।पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिकासहितका स्थानीय तहले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। बारा र पर्साका स्थानीय तहहरूले सूचना निकालेर गर्मीको कारण पठनपाठनमा समस्या भएपछि केही दिन विद्यालय बन्द गर्न लागिएको जानकारी दिएका छन्। पर्साको पोखरिया नगरपालिका मेयर प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण आजदेखि जेठ ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय भएको बताए। मं
पुरै पढ्नुहोस्
काठमाडौं - मधेस प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। मधेस प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धि सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।
पुरै पढ्नुहोस्
कपिलवस्तु, जेठ २७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ। आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए। कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हि
पुरै पढ्नुहोस्
शियाराम यादव दोहा - गैर आवासीय मधेसी सङ्घ, कतारको छैठौं महाधिवेशन फुलबारी रेस्टुरेन्टको सभा हलमा अत्यन्तै भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय समितिका महासचिव इन्जिनियर रामदेव राईज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष इन्जिनियर विजयकुमार यादवज्यूको उपस्थिति रहेको थियो।कार्यक्रम संयोजकको भूमिका गणेश भगतज्यूले निर्वाह गर्नुभएको थियो भने उद्घोषण र सञ्चालनको जिम्मेवारी जयप्रकाश मण्डल र रामकुमार मण्डलज्यूले सम्हाल्नुभएको थियो।महाधिवेशन
पुरै पढ्नुहोस्
राजविराज - राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुखले आर्थिक वर्षको अन्तमा उपसचिवको दरबन्दी रहेको राजविराज नगरपालिकामा शिक्षा शाखा अधिकृतलाई निमित्त हाकिम बनाएर ल्याएको भन्दै आन्दोलन भइरहेको छ।संघीय मामिला मन्त्रालयबाट उपसचिवस्तरको डाक्टर श्रवणकुमार साहको सरुवा गरी कार्यवाहक नगरप्रमुख इसरत परविनको मिलेमतोमा राजविराज शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन लाग्दा राजविराज नगरपालिकामा आज तोडफोड भएको छ। निलम्बित नगरप्रमुख भीमराज यादवको नेतृत्वमा आएका स्थानीयवासीले राजविराज नगरपालिकामा तोडफोड
पुरै पढ्नुहोस्
कपिलवस्तु - स्मृति हरिजन सानैदेखि लगनशील थिइन्, अनुशासित पनि । पढाइमा पनि उस्तै समर्पित । उनी कक्षामा सधैं पहिलो हुन्थिन् । राम्रो पढाइ भएका कारण डाक्टर बन्ने सपना देख्न थालिन् । तर परिवारको दयनीय आर्थिक अवस्थाका कारण डाक्टर बन्ने सपना पूरा हुँदैन कि भन्ने चिन्तामा हुन्थिन् । छोरीको सपना पूरा गर्न बुवा सन्तराम हरिजनले आफ्नातर्फबाट कुनै कसर बाँकी राखेनन् । अन्ततः स्मृति डाक्टर बनेकी छन् । नेपालमा चमार समुदायबाट सम्भवतः पहिलो महिला डाक्टर हुन्– स्मृति । चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) गरेकी उनले १२–१५ जेठमा सञ्चालित मेडिकल काउन्सिलको लाइ
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित