Showing 91-100 of 1,186 items.
  • पाँचथर सेवा समाज कतारले मनायो २२ औ स्थापना दिवस

    रामएकवाल राम दोहा, कतार ।पाँचथर सेवा समाज कतारले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। शुक्रबार प्लाजा मल्लमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभापतित्व तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन्  २००४ मा स्थापना भएको संस्थले २१ औ वसन्त पार गरि २२ औ स्थापना दिवसको अवसरमा विविध संस्कृतिक कार्यक्रम गरि भव्य रुपमा स्थापना दिवस मनाएको हो। कार्यक्रममा भो

    पुरै पढ्नुहोस्
  • टी-२० विश्वकपमा आज नेपाल - ईटाली खेल्दै यस्ता छन् ३ भिडन्त

    काठमाडौ ।भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बिहीबार पनि तीन खेल हुँदै छन्। बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकाको सामना गर्दा नेपालले दिउँसो ३ः१५ मा इटालीसँग खेल्नेछ। त्यसैगरी साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।पहिलो खेल पलिकेली, दोस्रो मुम्बई र तेस्रो खेल दिल्लीमा हुनलागेको हो। हालसम्म कसको कति अंक? समूह एमा पाकिस्तान ४ अंकसहित पहिलो स्थानमा छ भने १ खेल कम खेलेको भारत २ अंकसहित दोस्रो र २ खेल खेलेको नेदरल्यान्ड १ जितसहित २ नै अंकसहित तेस्रो स्थानमा छ। यो समूहमा नामिबिया र अमेरिका अंकविहीन छन

    पुरै पढ्नुहोस्
  • मधेशी आरक्षण जोगाउनुपर्नेमा अध्यक्ष यादवको ‍जोड

    सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी र अन्य उपेक्षित समुदायका लागि सुनिश्चित गरिएको आरक्षण र उपलब्धि जोगाउन आम जनता सचेत हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ६, फत्तेपुरमा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले न्याय, समता, पहिचान र अधिकारका लागि मधेश जनविद्रोह भएको स्मरण गराए।  उनले भने, ‘लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायतमा आरक्षण मधेश जनविद्रोहको उपलब्धि हो। सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि खेर जान दिनु हुँदैन। आगामी निर्वाचनमा ज

    पुरै पढ्नुहोस्
  • मधेश पस्दै बालेन सप्तरीदेखि महोत्तरीसम्म यस्तो छ कार्यतालिका

    लहान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह भोलि मंगलबार मधेस प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बालेनले भोलि एकै दिन सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्नेछन् । बालेन शाहको मधेस यात्रा बिहान साढे ८ बजे सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुनेछ । उनको सचिवालयका अनुसार बिहान ८ः४५ मा कञ्चनरुप (घण्टी घर), ९ः१० मा हनुमाननगर र ९ः२० मा सप्तरी क्षेत्र नम्बर २ को सदरमुकाम राजवि

    पुरै पढ्नुहोस्
  • सिरहा कारागार प्रकरण: हतियार बरामदपछि 'नाइके' यादवको बहिर्गमन, तर षड्यन्त्रको जालो अझै रहस्यकै गर्भमा ​

    शियाराम यादव,माघ-२५​सिरहा कारागारभित्र हतियार र गोली बरामद भएको घटनाले नेपालको कारागार सुरक्षा व्यवस्थामा ठुलो धक्का दिएको छ। जिल्ला प्रशासनले प्रमुख योजनाकार मानिएका नाइके इन्द्रजित यादवसहित १३ जना कैदीलाई तत्कालै अन्य कारागारमा स्थानान्तरण गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरे पनि, "कारागारभित्रै हतियार किन र कसरी पुग्यो?" भन्ने मूल प्रश्नको जवाफ अझै गर्भमै छ।​प्रशासनले सुरक्षा सतर्कता अपनाउँदै प्रभावशाली कैदीहरूलाई हटाए पनि अनुसन्धान अधिकारीहरू एउटा गम्भीर प्रश्नको वरिपरि घुमिरहेका छन्: के यो केवल शक्ति प्रदर्शन मात्र थियो कि कुनै ठुलो

    पुरै पढ्नुहोस्
  • कारागारमा हतियार प्रवेश प्रकरण : जेलर सुबोध महतोमाथि छानबिनको माग

    शियाराम यादव ,माघ -२५ कारागारभित्र हतियार कसरी, कहिले र कसको मिलेमतोमा प्रवेश गराइयो भन्ने विषयमा गम्भीर प्रश्न उठ्दै गएको छ। यस घटनामा कारागारका जेलर सुबोध महतोमाथि पनि छानबिन हुनुपर्ने माग तीव्र बन्दै गएको छ।स्रोतका अनुसार हतियार कारागारभित्र प्रवेश हुनु सामान्य लापरबाही नभई योजनाबद्ध हुनसक्ने आशंका गरिएको छ। त्यसैले घटनाका बेला ड्युटीमा रहेका कर्मचारी, सुरक्षा जाँच प्रक्रिया, तथा सीसीटीभी फुटेज समेत गहिरो अनुसन्धानको दायरामा ल्याइनुपर्ने सरोकारवालाहरूको माग छ।यदि छानबिनका क्रममा कोही पनि दोषी देखिएमा सम्बन्धित व्यक्ति वा कर्मचारीलाई निल

    पुरै पढ्नुहोस्
  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल

    काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ ।सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसालबीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो । भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ

    पुरै पढ्नुहोस्
  • नेपाली क्रिकेट टोलीलाई अध्यक्ष उपेन्द्र यादवको शुभकामना

    काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरीका -३ का उम्मेदवार समेत रहेका उपेन्द्र यादवले तेस्रोपटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका छन। अध्यक्ष यादवले शुभकामना सन्देश दिँदै नेपाली टोली विश्वकप खेल्न लागेकामा खुसी व्यक्त गरेका हुन। अध्यक्ष यादवले आज मुम्बईको वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय धुन गुञ्जिने र त्यसलाई विश्वले सुन्ने विश्वास व्यक्त गरेका छन।कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउनेछ भन्न

    पुरै पढ्नुहोस्
  • वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय

    कपिलवस्तु  ।नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अरुण पाण्डेयले वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता बढी रहेको बताए। पाण्डेयले विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा तयार हुन आग्रह गर्दै स्कुलको शैक्षिक गुणस्तर विकासको लागि सधैं प्रतिबद्ध रहेको बताए। त्यस्तै, विशिष्ट अतिथि शिक्षालय संचालिका लता पाण्डेयको गरिमा मय आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रशिक्षकहरू डिल्ली

    पुरै पढ्नुहोस्
  • टी–२० विश्वकप: आज नेपालले इंग्ल्यान्डसङ्ग खेल्ने

    काठमाडौ । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालले आज (आइतबार) बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डको सामना गर्दै प्रतियोगिताको  शुरूआत गर्ने भएको छ । नेपाल र दुईपटकको विश्वविजेता इंग्ल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ सवा ३ बजेदेखि शुरू हुनेछ । सन् २०१० मा पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले सन् २०२२ मा दोस्रोपटक उपाधि जितेको थियो । सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले त्यसको १० वर्षपछि सन् २०२४ मा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । यसपटक नेपाली टोली एसिया–प्रशान्त क्षेत्रको छ

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित